रासायनिक कारखानामा विस्फोट हुँदा कम्तीमा १२ को मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
2.1k
Shares
कठमाडौँ । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको आवासीय इलाकामा रहेको रासायनिक कारखानामा शुक्रबार विस्फोट हुँदा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ ।
औद्योगिक शहर फैसलाबादमा स्थानीय समय अनुसार बिहान लगभग ५ः३० मा विस्फोट भएको थियो भने विस्पोटले ठूलो आगलागी निम्त्याउँदा कारखाना नजिकैको अन्य सुविधामा फैलिएको प्रहरीलाई उदृत गर्दै, सिन्ह्वाले जनाएको छ ।
अग्निनियन्त्रक तथा दमकलकर्मीको सयुक्त नियन्त्रण प्रयासले आगो नजिकैका अन्य घरमा पुग्नबाट रोकेको पनि सिन्ह्वाले उदृत गरेको छ ।
प्रहरीका अनुसार विस्फोटको प्रभावले छेउछाउका धेरै घरको पर्खाल तथा छत खसेका थिए भने अधिकांश मृतक र घाइते भएका मानिस क्षतिग्रस्त घरका बासिन्दा छन् ।
घाइतेलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको तथा उनीहरू मध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ ।
उद्धार कार्य जारी रहेको उल्लेख गर्दै धेरै मानिस कारखाना भित्र फसेको अनुमान गरिएको हुनाले हताहतको सङ्ख्या बढ्ने आशङ्का गरिएको छ । एजेन्सी