arrow

तीन लाख अफगान नागरिक निर्वासित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
afghanistan-kabu.jpg

काठमाडौँ । लगभग ६० लाख विदेशी नागरिक हाल देशमा बसिरहेको जनाउँदै इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमेनीले चालु वर्षमा १५ लाख भन्दा बढी आप्रवासी अफगानिस्तानमा फर्केको जनाएका छन् । 

उनीहरूको स्वदेश फिर्तीको पुष्टि गर्दै, इरानको छिमेकी राष्ट्रहरूसँग ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्ध भए पनि आप्रवासीलाई व्यवस्थित गर्ने इरानको क्षमता सीमित रहेको बताएको मिडियाले जनाएका छन् । 

मोमेनीलाई उदृत गर्दै स्वदेश फर्किनेमध्ये ७० प्रतिशत भन्दा बढी स्वेच्छाले फर्केको टोलो न्यूजले जनाएको छ । 

यद्यपि, इरानी अधिकारीहरूले इरान र पाकिस्तानमा अफगान आप्रवासीले कडा नीति र बढ्दो निर्वासन प्रणालीको कारण कठिन परिस्थिीतीको सामना गर्न बाध्य भएको जनाएका छन् ।

इरानमा रहेका अफगान आप्रवासीले इरानी सरकारले आप्रवासीलाई कुनै रोजगारी नदिइने घोषणा र्गुका साथै अगामी दिनमा अफगान बालबालिकालाई स्कुलमा भर्ना नगर्ने सूचना जारी गरी आप्रवासीका ब्याङ्क कार्ड तथा सिम कार्ड निष्क्रिय गरिएको बताएका छन् ।

यसैबीच अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयले विदेशमा अफगान कैदी संलग्न भएको नयाँ घटनाक्रमको रिपोर्ट जारी गर्दै हालसालै पाकिस्तानको जेलबाट दुई हजार भन्दा बढी अफगान आप्रवासी रिहा भएको जनाएको छ ।

मन्त्रालयको प्रवक्ता अब्दुलमुतालिब हक्कानीले एक महिना भन्दा कम समयमा इरान, पाकिस्तान र टर्कीबाट २ लाख ८४ हजार भन्दा बढी अफगानी नागरिकलाई निर्वासित गरिएको बताउनु भएको छ ।

उनले पाकिस्तानी जेलबाट रिहा भएका दुई हजार ७६ कैदीसहित निर्वासित आप्रवासीको कुल सङ्ख्या दुई लाख ८४ हजार ७१७ पुगेको बताए ।  

अफगानिस्तानमा युएनएचसीआरका प्रतिनिधिले हालै इरानबाट फर्केका अफगान आप्रवासीमाथि बढ्दो दबाबको चेतावनी दिँदै यो प्रवृत्ति अन्तर्राष्ट्रिय सहायता घट्दै जाँदा देखा परेको जनाएका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ