arrow

गौमुलमा बाघको आतंक: फर्म भित्रका ४४ कालिज सखाप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
gaumule-kalij.jpg

बाजुरा। बाजुराको गौमुल गाउँपालिकामा जंगली बाघको बिगबिगी अत्यधिक बढेको छ। पालिकाको वडा नम्बर ६, सटेडामा एक व्यवसायीक कालिज फर्ममा पसेर बाघले ४४ वटा कालिज मारेर सखाप बनाएको छ।

स्थानीय गणेश रोकायाले व्यवसायिक रूपमा सञ्चालन गरेको कालिज फर्मभित्र पसेर बाघले ५६ वटा कालिजमध्ये ४४ वटा मारेको हो। पीडित रोकायाले बाघले ग्याविन भत्काई कालिज मारेपछि आफ्नो करिब रु. १ लाख ५० हजार भन्दा बढीको क्षति भएको बताएका छन्।

रोकायाले २०६९ सालदेखि व्यक्तिगत रु. १६ लाख लगानीमा कालिज पालन गर्दै आएका थिए। उनले यसअघि गवाडा भन्ने स्थानमा फर्म स्थापना गर्दा पनि बाघले ५४ हजार बराबरका कालिज खाएको र सुरक्षित राख्न घर नजिकै सारे पनि फेरि नोक्सानी पुऱ्याएको बताएका छन्।

यस घटनाअघि एक हप्ताअगाडि सोही वडाको सटेडा गैरीबाडामा स्थानीय नरी चदाँराको गोठमै पसेर बाघले १६ वटा बाख्रा मारेको थियो, जसले गर्दा स्थानीयहरू त्रसित बनेका छन्। पछिल्लो समय गौमुल, खप्तड छेडेदह, र बडीमालिका क्षेत्रमा बाघले ठूलो नोक्सानी गर्ने घटनाहरू बढेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ