arrow

सहकारी ठगी र संगठित अपराधको मुद्दामा रवि र छविको सुनुवाइ स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
rabi-chhabi.jpg

काठमाडौँ। बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध कसूरको मुद्धा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीले दायर गरेको निवेदनको सुनुवाइ स्थगित भएको छ । 

उनीहरूले बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग राख्दै निवेदन दिएका थिए ।
रवि र छवि दुवै जना थुनामा छन् ।

बिहीबार रविको मुद्दाको पेसी पाटन उच्च अदालतमा पनि परेकाले रविका कानून व्यवसायीका तर्फबाट बुटवल इजलासको सुनुवाइ स्थगित गरिदिन निवेदन दिएपछि सो रिटको सुनुवाइ स्थगित भएको हो ।

रवि र छवि दुवै जनाको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ राखेर हेर्ने आदेश भएको थियो ।

रवि र छवि दुवैलाई पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा कास्की जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ