arrow

काठमाडौँ महानगरपालिकाको पहिलो चौमासिकमा खर्च १२.९४ प्रतिशत 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
kathmandu-mahanagarpalika-facebook.jpg

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाको कुल खर्च १२दशमलव९४ प्रतिशत पुगेको छ । विनियोजित २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ मध्ये ३ अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रुपैयाँ खर्च भएको हो । 

यसमा चालुतर्फको नौ अर्ब ५६ करोड ३६ लाख २९ हजार रुपैयाँ बजेटमा २ अर्ब १३ करोड ३३ लाख एक हजा हजार छ सय ६१ रुपैयाँ र पुँजीगत तर्फ १५ अर्ब ५३ करोड सात लाख १२ हजार रुपैयाँ बजेटमा एक अर्ब ११ करोड ८९ लाख ८२ हजार चार सय रुपैयाँ खर्च भएको आर्थिक प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद न्यौपानेले जानकारी दिए । 

यस अवधिमा केन्द्रबाट खर्च हुने बजेटबाट १४ प्रतिशत खर्च भएको छ । वडातर्फ सबैभन्दा धेरै १९दशमलव४१ प्रतिशत र सबैभन्दा कम ०शमलव३८ प्रतिशत रकम खर्च भएको छ । 

तीन वर्षमा महानगरपालिकाले पहिलो चौमासिकमा गरेको खर्चलाई तुलना गर्दा २०८०/०८१ मा १२दशमलव९ प्रतिशत, २०८१÷०८२ मा १२दशमलव३४ प्रतिशत र यस वर्ष १२दशमलव९४ प्रतिशत खर्च भएको देखिन्छ । 

गतवर्ष विनियोजित २५ अर्ब ८६ लाख ५२ हजार रुपैयाँमा तीन अर्ब आठ करोड ८४ लाख २१ हजार चार सय ८४ रुपैयाँ अर्थात १२दशमलव३४ प्रतिशत खर्च भएको थियो ।

विनियोजित रकममा चालुतर्फ एक अर्ब ८० करोड ५४ लाख ९९ हजार दुई सय ९० रुपैयाँ र पुँजीगततर्फ एक अर्ब २८ करोड २९ लाख २२ हजार एक सय ९३ गरी खर्च थियो ।

यसमा चालुतर्फ नौ अर्ब ८२ करोड २० लाख ५० हजार सात सय १८ रुपैयाँ र पुँजीगततर्फ १५ अर्ब छ करोड ५६ लाख एक हजार दुई ८२ रुपैयाँ बजेट विनियोजित थियो । 

यसमा केन्द्रबाट १३.३१ प्रतिशत खर्च भएको थियो । सबैभन्दा धेरै खर्च गर्ने वडा वडा नं. १९ ले २०.९३ प्रतिशत र सबैभन्दा कम खर्च गर्ने वडा नं. ११ ले १.१९ प्रतिशत खर्च गरेको थियो ।  

आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित २४ अर्ब १८ करोड ७८ लाख ८२ हजार रुपैयाँमध्ये दुई अर्ब ९२ करोड ५७ लाख ९७ हजार दुई सय १३ रुपैयाँ अर्थात् १२.०९ प्रतिशत बजेट खर्च भएको थियो । 

यस वर्ष चालुतर्फ विनियोजित नौ अरब ३ करोड ६८ लाख २९ हजार छ सय सात रुपैयाँमा एक अर्ब ६८ करोड ७ लाख ६९ हजार पाँच सय ६० रुपैयाँ र पुँजीगततर्फ विनियोजित १५ अर्ब १० करोड १० लाख ५२ हजार तीन सय ९३ रुपैयाँमा एक अर्ब २४ करोड ५० लाख २७ हजार छ सय ५३ रुपैयाँ खर्च भएको थियो । 

यस अवधिमा केन्द्रबाट गरिने खर्चको प्रतिशत १२.७८ थियो । सबैभन्दा धेरै खर्च गर्ने वडा १९ ले २१.२३ प्रतिशत र सबैभन्दा कम खर्च गर्ने वडा नं. ३२ ले १.१४ प्रतिशत खर्च गरेको थियो । 

यसवर्ष वडातर्फ १० ओटा वडाको १० प्रतिशतभन्दा धेरै खर्च गरेका छन् । यसरी खर्च  गर्ने वडामा वडा नं. २ ले १२.८१ प्रतिशत, वडा नं. ७ ले २०.५५ प्रतिशत, वडा नं ८ ले १०.५३ प्रतिशत, वडा नं १० ले १०.८१ प्रतिशत खर्च गरेको महाशाखा प्रमुख न्यौपानेको भनाइ छ ।

उनका अनुसार वडा नं. १४ ले १५.८६ प्रतिशत, वडा नं १६ ले १९.४१ प्रतिशत, वडा नम्बर १९ ले १६.६९ प्रतिशत, वडा नं २३ को १२.८४, वडा नं २७ को १४.४४ प्रतिशत वडा नं २९ को १०.१४ प्रतिशत खर्च गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ