समयमै ए डिभिजन लिग गर्न माग गर्दै एन्फामा प्रदर्शन [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
748
Shares
काठमाडौँ । शहीद स्मारक लिगका क्लबहरूले आज बिहान सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको कार्यालय एन्फा कम्प्लेक्समा प्रदर्शन गरेका छन् ।
लिगका सबै प्रतियोगिता समयमै गर्न, ए डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न र अन्तराष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता संचालन गर्न माग गर्दै उनीहरुले प्रदर्शनी गरेका हुन् ।
उनीहरुले विगत केही महिनादेखि प्रदर्शनी गर्दै आएका छन् । नेतृत्वले भने सुनेको नसुन्यै गरेको छ ।