arrow

नेपाल–भारत मानवअधिकार आयोगबीच उच्चस्तरीय छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
nep-ind-hr-82-8-1.jpg

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष माननीय तपबहादुर मगरको नेतृत्वमा भारत भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले भारतको राष्ट्रिय मानवअधिकार आयोगसँग उच्चस्तरीय भेटवार्ता गरेको छ ।

भेटका क्रममा आयोग भारतका अध्यक्ष न्यायमूर्ति भि. रामसुब्रमण्यन र सेक्रेटरी जेनरल भरत लालसँग द्विपक्षीय सहकार्य, समन्वय तथा अनुभव आदान–प्रदानका विषयमा विस्तृत छलफल भएको आयोगले जनाएको छ ।

छलफलमा राष्ट्रिय मानवअधिकार आयोग नेपालका सचिव मुरारीप्रसाद खरेलसमेत उपस्थित थिए । 

त्यस्तै सोही दिन आयोग भारतको अनुसन्धान महाशाखा, कानुन महाशाखाका प्रमुख तथा अन्य अधिकारीहरूसँग पनि संयुक्त सत्र बसेर दुवै देशका मानवअधिकार सम्बन्धी काम, अभ्यास र सिकाइका विषयमा अनुभव आदान–प्रदान गरिएको थियो ।

भ्रमणका क्रममा नेपाली टोलीले किन इन्डिया नामक सामाजिक संस्थासँग मानव बेचबिखन विरुद्धको काम, स्वदेश फिर्ती प्रक्रियामा देखिने कानुनी चुनौती तथा आपसी सहकार्य विस्तारबारे पनि विस्तृत छलफल गरेको थियो ।

भेटमा उद्धार कार्यमा मानवअधिकार आयोग नेपालले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यसका साथै टोलीले भारतस्थित नेपाली राजदूतावाससँग पनि परस्पर समन्वय र सहयोगका विषयमा अलग बैठक गरेको थियो । 

भ्रमण टोलीमा आयोगका सचिव मुरारी प्रसाद खरेल, उपसचिव लोकनाथ बास्तोला र जीवन नेउपाने, तथा अधिकृतहरू कल्पना बस्याल र लक्ष्मी पौडेल सहभागी थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ