arrow

ट्रम्पको करवृद्धिपछि चीन बन्यो जर्मनीको शीर्ष व्यापारिक साझेदार

चीनबीचको कुल व्यापार  बढेर १८६ अर्ब युरो पुग्यो, अमेरिकाबीचको व्यापार घटेर १८५ अर्ब युरोमा झर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
germany-flag-new.jpg

काठमाडौँ। राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो करवृद्धि नीति सुरु गरेपछि जर्मनी चीनको शीर्ष व्यापारिक साझेदारको रूपमा आफ्नो पूरानो हैसियतमा फर्केको चीनको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ।

सङ्घीय तथ्याङ्क निकाय डेस्टाटिसका अनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र र चीनबीचको कुल व्यापार सामान्य बढेर १८६ अर्ब युरो (झण्डै २१५ अर्ब अमेरिकी डलर) पुगेको छ। यसै अवधिमा जर्मनी र अमेरिकाबीचको व्यापार करिब चार प्रतिशतले घटेर १८५ अर्ब युरोमा झरेको छ।

चीन सन् २०१६ देखि २०२३ सम्म जर्मनीको शीर्ष व्यापारिक साझेदार थियो तर बर्लिनले चीनमाथिको आर्थिक निर्भरता कम गर्ने प्रयास गरेपछि सन् २०२४ मा संयुक्त राज्य अमेरिका शीर्ष स्थानमा पुगेको थियो।

आइएनजीका अर्थशास्त्री कास्र्टेन ब्रेजेस्कीले यो घटनाक्रमले ‘अमेरिकी करले अमेरिकातर्फ जर्मनीको निर्यातमा पारेको नकारात्मक प्रभावलाई प्रतिबिम्बित गर्ने बताए। जुलाईमा भएको सम्झौता अन्तर्गत संयुक्त राज्य अमेरिकामा इयूको निर्यातले १५ प्रतिशतको आधारभूत करको सामना गर्नुपर्नेछ, जुन ट्रम्प कार्यकालमा फर्कनुअघिको भन्दा धेरै बढी हो। पहिले नै संघर्षरत जर्मन अर्थव्यवस्थाको लागि यो करवृद्धि ठूलो बोझ हो।

ब्रेजेस्कीका अनुसार यो समाचारले चीनसँगको गहिरो आर्थिक सम्बन्धलाई खुकुलो बनाउने प्रयासमा जर्मनीको चुनौतीलाई पनि चित्रण गरेको छ। उनले जर्मन अर्थतन्त्र र विशेष गरी उद्योगको लागि सेमिकन्डक्टर बनाउन आवश्यक पर्ने दुर्लभ खनिज र चीनबाट प्राप्त अन्य आपूर्तिका सामानहरूमा निरन्तर निर्भरता देखाउने बताए।

एलबिबडब्ल्यू बैङ्कका विश्लेषक जेन्स–ओलिभर निकलासले चीनलाई अब व्यापारिक साझेदारभन्दा प्रतिस्पर्धीका रूपमा बढी हेरिने बताए। अर्थमन्त्री लार्स क्लिङबील यस हप्ता चीनको भ्रमणमा रहेका समय यो समाचार आएको हो। यो समस्या परम्परागत व्यापारिक सम्बन्धमा जर्मनीले सामना गरिरहेका धेरै आर्थिक समस्याहरू मध्ये एक हो। चान्सलर फ्रेडरिक मर्जले रक्षा र पूर्वाधारमा ऋणले भरिएको खर्चको प्रयासमार्फत अर्थतन्त्रलाई पुनर्जीवित गर्ने वाचा गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ