arrow

शेयर बजारमा गिरावट: नेप्से ४.९८ अंकले घट्यो, कारोबार तीन अर्बमा सीमित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ। आज  शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से ०.१९ प्रतिशतले घटेर २५६१ विन्दुमा आएको छ।

बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ। मंगलवार ४ अर्बभन्दा बढीको कारोबार भएकोमा आज नेप्से घटेसँगै कारोबार रकम ३ अर्बमा सीमित भएको छ। आज दिनभरमा ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार रुपैयाँ बराबरको ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर कारोबार भएको छ, जसका लागि ५० हजार ६२६ पटक शेयर किनबेच भएको थियो।

आज कारोबारमा आएका ३३८ कम्पनीमध्ये बजार बन्द हुँदा ७७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७० वटा कम्पनीको शेयर मूल्य घटेको छ। ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। बजार घटे पनि ८ वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। १३ समूहमध्ये होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र ट्रेडिङ समूह बढेको छ भने अन्य १० समूह घटेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ