arrow

चैत १५ गते मारिएका पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारी जागिर [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
suresh-rajak-wife-employee (6).jpeg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । सरकारले दिवङ्गत पत्रकार सुरेश रजकको श्रीमतीलाई रोजगारीको व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा पत्रकार रजककी श्रीमती सुजन मगियालाई ‘कम्प्युटर अपरेटर’ पदमा रोजगारीको व्यवस्था मिलाइएको हो ।

आज सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री खरेल र मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले सुजन मगियालाई कम्युटर अपरेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरे ।

२०८१ साल चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंश्रक प्रदर्शनका क्रममा दृश्य कैद गर्दागर्दै एक घरभित्र आगजनीमा परी पत्रकार रजकको निधन भएको थियो ।

सञ्चारमन्त्री खरेलले देश र जनताका लागि जोखिम मोलेर समाचार सङ्कलन गर्ने पत्रकारहरु सधैँ असुरक्षित रहने अवस्थामा राज्यको अभिभावकीय भूमिका रहनुपर्ने विचार व्यक्त गरे । 

उनले भने, “पत्रकार सुरेशको क्रियाशील पत्रकारका रुपमा जोखिम मोलेर पत्रकारिता गरिरहेको सन्दर्भमा दुःखद निधन भएको छ । सुरेशका लागि केही गर्न पाए हुन्थ्यो भनेर मन्त्रालयलाई लागिरहेको थियो र नेपाल पत्रकार महासङ्घले पनि आग्रह गरिरहेको सन्दर्भमा सानो रुपमा भए पनि रोजगारीको पहल गरिएको छ । यसले थोरै भए पनि सान्त्वना मिल्ने अपेक्षा छ ।”

सञ्चारमन्त्री खरेलले दिवङ्गत  रजकलाई पत्रकार शहीद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले  परिवारका लागि निःशुल्क उच्च शिक्षा अध्ययन गर्ने व्यवस्था गर्नसमेत पहल गरिने प्रतिबद्धता जनाए । 

दिवङ्गत पत्रकार सुरेश रजकका आफन्त पुरुषोत्तम मगियाले कार्यस्थलमा नै निधन भएका सुरेशको न्यायका लागि घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन, शहीद घोषणा गर्न र तीनकुनेमा रजकको सालिक निर्माणका लागि पहल गर्न आग्रह गरे । 

suresh-rajak-wife-employee (1).jpeg
suresh-rajak-wife-employee (2).jpeg
suresh-rajak-wife-employee (3).jpeg
suresh-rajak-wife-employee (4).jpeg
suresh-rajak-wife-employee (5).jpeg
suresh-rajak-wife-employee (6).jpeg
suresh-rajak-wife-employee (7).jpeg
suresh-rajak-wife-employee (8).jpeg
suresh-rajak-wife-employee (9).jpeg
suresh-rajak-wife-employee (10).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ