arrow

प्रसाईं पक्राउपछि समर्थकले गरे देशव्यापी प्रदर्शनको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
durga-prasai-aayog.jpg

काठमाडौँ। विवादित मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईं पक्राउको विरोधमा उनको संरक्षकत्वमा रहेको नागरिक बचाउ दलले आजैदेखि सडक सङ्घर्ष गर्ने घोषणा गरेको छ।

सोमबार मात्र पत्रकार सम्मेलन गरी आगामी मङ्सिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको तयारी गरिरहेको बताएका थिए। प्रसाईंले मङ्सिर ७ गते काठमाडौँबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका थिए।

प्रसाईंलाई शान्ति सुरक्षामा खलल पुर्‍याउन खोजेको आरोपमा नेपाल प्रहरीले भक्तपुरको ठिमीस्थित उनको निवासबाटै पक्राउ गरेको हो। प्रसाईंलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको भद्रकालीस्थित कार्यालयमा उपस्थित गराइएको छ।

प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट सङ्घर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ। नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङका अनुसार, मङ्सिर ७ गते नपर्खिकन आजैबाट देशभर देशव्यापी आन्दोलनमा उत्रिने तयारी भइरहेको छ। उनले प्रसाईंलाई अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भङ्ग गरेको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ