arrow

७० दिनपछि सञ्चालनमा आयो टाटा शोरुम [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
tata-moters-sipridi.jpg

काठमाडौँ। गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको टाटा मोटर्सको थापाथलीस्थित शोरुम पुनः सञ्चालनमा आएको छ।

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले शोरुम रहेको संरचनाहरूलाई अस्थायी रूपमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको हो।

कम्पनीका महाप्रबन्धक सावन्तजंग सिजापतिले आन्दोलनमा जलेको शोरुमलाई ७० दिनको समयमा व्यवस्थापन गरेर पुनःसञ्चालनमा ल्याउन सफल भएको बताए। सोमबार शोरुमलाई पुनसञ्चालन गर्ने क्रममा उनले भने, "भदौ २३ र २४ गते भएको आन्दोलनले शोरुमहरूमा जुन क्षति भयो, त्यसपछि पहिलाको भन्दा अझै राम्रो र सुविधा सम्पन्न बनाउने लक्ष्य लिएर अगाडि बढेका थियौं र ७० दिनको समयमा त्यसलाई व्यवस्थापन गरेका छौँ। आज हामीले हाम्रो शोरुम फिर्ता पाएका छौँ।"

उनले उक्त घटनाले आफ्नो मनोबल कुनै पनि प्रकारले नघटेको भन्दै आजैबाट सबै ग्राहक सेवाहरू पनि उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ