एनपीएल उद्घाटन खेल: जनकपुर र काठमाडौँमा को-को छन् ?
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
710
Shares
काठमाडौँ। आज कीर्तिपुरको टीयू खेल मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल अघिल्लो वर्षको विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज बीच हुँदैछ। उद्घाटन खेलको सबै टिकट बिक्री भइसकेकोले प्रहरीले टिकट नहुने दर्शकहरूलाई सुरक्षालाई मध्यनजर गर्दै खेल मैदान वरपर नआउन आग्रह गरेको छ।
अघिल्लो वर्षको विजेता जनकपुर बोल्ट्सको टोलीमा वेस्ट इन्डिजका शिवनराइन चन्द्रपल मुख्य प्रशिक्षक र अनिलकुमार साह कप्तान छन्। मार्की खेलाडी आसिफ शेखसहित ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकार, तुल मगर, मयन यादव, सचिन भट्ट, विकाश आग्री र आदित्य महताजस्ता नेपाली खेलाडीहरू समावेश छन्। विदेशी खेलाडीतर्फ दक्षिण अफ्रिकाका वायन पार्नेल र इमरान ताहिर, श्रीलंकाका लाहिरु समारकून र संगीथ कूरे, अमेरिकाका लाहिरु मिलान्था र सञ्जय कृष्णमुर्ती तथा नामिबियाका जान निकोल लफ्टी रहेका छन्।
काठमाडौँ गोर्खाजको टोलीको नेतृत्व करण केसीले गरेका छन् र टोलीमा भारतका मोन्टी देसाई मुख्य प्रशिक्षक छन्। नेपाली खेलाडीहरूमा भीम शार्की, शाहव आलम, दीपेश कँडेल, रासिद खान, प्रतिक श्रेष्ठ, मोहम्मद आदिल आलम, उत्तम थापामगर, आकाश त्रिपाठी, तुलबहादुर थापा, सन्तोष यादव र सोनु देवकोटा समावेश छन्। विदेशी खेलाडीहरूमा इंग्ल्यान्डका जोन सिम्पसन, दक्षिण अफ्रिकाका रिकार्डो भासक्नसेलोस, मिडल अर्डरका एरासमस र बेन चाल्र्सवर्थ, अमेरिकाका मिलिन्द कुमार र भारतीय सन्नी पटेल रहेका छन्।