उद्घाटन खेलको सम्पूर्ण टिकटहरू बिक्री, क्रिकेट मैदानबाहिर भीडभाड नगर्न प्रहरीको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
785
Shares
काठमाडौँ। नेपाल प्रहरीले आजदेखि त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट खेलमैदानमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका खेलहरूको कारण खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गर्दै, आजको उद्घाटन खेलको सम्पूर्ण टिकटहरू बिक्री भइसकेको जानकारी सम्बन्धित निकायबाट प्राप्त भएकाले खेलमैदानबाहिर भीडभाड नगर्न अनुरोध गरेको हो।
प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले खेलप्रेमीलाई आफ्नो अनुकूल स्थानमा रहेर खेल हेर्न, खेलस्थलको बाहिर भीड नगरी दिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गरी नागरिक दायित्व निर्वाह गर्नसमेत अनुरोध गरेका छन्।