arrow

विश्वकप छनोटमा नर्वेसँग इटाली निरीह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
halland-italy-norway-25-11-16.jpg

काठमाडौँ ।  विश्वकप छनोट फुटबल खेलमा नर्वेसँग इटाली निरीह देखिएको छ । गएराति भएको खेलमा इटाली ४–१ को फराकिलो अन्तरले पराजित भएको हो । 

खेलमा इटालीले शुरूआती अग्रता जोगाउन नसक्दा उल्टै लज्जास्पद हार बेहोरेको हो । खेलको ११औँ मिनेटमै इटालीका फ्रान्सेस्को पियो एस्पोसिटोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । 

मध्यान्तरसम्म अग्रता बनाइराखेको इटालीले दोस्रो हाफमा भने चार गोल खाँदा खेलमा लज्जास्पद हार बेहोर्यो ।

एन्टोनियो नुसाले ६३ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । अर्लिङ हल्याण्डले ७८औं र ७९औं मिनेटमा लगातार दुई गोल गर्दै नर्वेलाई ३–१ को अग्रता दिलाए ।

इन्जुरी समयमा स्ट्रान्ड लार्सेनले एक गोल गर्दै नर्वेलाई ४–१ को जित दिलाए । 

यो हारसँगै युएफा छनोट पहिलो चरणको समूह आईमा इटाली १८ अंकसहित दोस्रो स्थानमा रहेको छ । नर्वे ८ खेलबाट शतप्रतिशत नतिजासहित २४ अंकबाट शीर्ष स्थानमा छ । 

इजरायल १२ अंकबाट तेस्रो स्थानमा छ । गएरातिको खेलमा इजरायलले मोल्डोभालाई ४–१ ले हरायो । इस्टोनिया ४ अंकबाट चौथो तथा मोल्डोभा १ अंकबाट पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ