arrow

एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत

निर्वाचनमा सेना परिचालनका लागि सुरक्षा समितिको सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
surakchya-nikaya.jpg

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ स्वीकृत गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार निर्वाचन प्रयोजनार्थ सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न सुरक्षा परिषद्मा सिफारिस गर्न रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय पनि भएको बताए। गत असोज ९ गते गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित कार्यदलले तयार पारेको उक्त सुरक्षा योजनामाथि छलफलपछि स्वीकृत गरिएको हो।

प्रवक्ता काफ्लेका अनुसार यस योजनामा सुरक्षा निकायहरूको परिचालन, जिल्लाहरूको सुरक्षा संवेदनशीलताको वर्गीकरण, र सुरक्षा व्यवस्थापनलाई निर्वाचनपूर्व, निर्वाचनको समयमा र निर्वाचनपश्चात् गरी तीन तहमा विभाजन गरिएको छ। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका आइजिपी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपाली सेनाका रथी सहभागी थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ