arrow

डेडिकेटेड र ट्रंक लाइन महशुल विवाद: आयोगद्वारा प्राधिकरणको निर्णय सदर, उद्योगीको उजुरी खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
electricity-authority-81.jpg

काठमाडौँ। विद्युत् नियमन आयोगले 'डेडिकेटेड' र 'ट्रंक लाइन' महशुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ।

आयोगले पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलको उजुरीमाथि सुनुवाइ गर्दै प्राधिकरणको बक्यौता उठाउने निर्णय सही ठहर गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। ती दुई उद्योगले प्राधिकरणबाट लिएको डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महशुल तिर्न लामो समयदेखि अटेर गर्दै आएका थिए।

प्राधिकरणले पछिल्लो पटक २१ दिनको समय दिएर यही कात्तिक ४ र ५ गते ती उद्योगको लाइन काटेको थियो। त्यसपछि उद्योगीले प्राधिकरणले तय गरेको पहिलो किस्ता बापतको महशुल बुझाउँदै आयोगमा आवेदन दिएका थिए। आयोगका अध्यक्ष डा रामप्रसाद धिताल र अन्य चार जना सदस्यको इजलासमा बहस भएको आयोगले जनाएको छ। बहसको क्रममा प्राधिकरणका तर्फबाट राजकुमार पोखरेल, रमेशकुमार घिमिरे र तुलाराम गिरीले तथा उद्योगीको तर्फबाट रोजन खड्काले बहस गरेका थिए।

आयोगले प्राधिकरणले कानुनी व्यवस्थामा नै रहेर महशुल तय गरेको ठहर गरेको छ। निर्धारित महशुल निश्चित समयभित्र नतिरेपछि लाइन काट्ने प्रबन्ध पनि कानुनी व्यवस्था अनुसार नै रहेको आयोगले ठहर गरेको हो। आयोगको उक्त निर्णयमाथि चित्त नबुझेको खण्डमा निवेदक उद्योगी अदालत जान पाउने व्यवस्था छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ