काठमाडौँ । विश्वकप छनोट फुटबलमा स्वीट्जरल्याण्डले स्वीडेनलाई हराएको छ । गएराति सम्पन्न खेलमा स्वीट्जरल्याण्डले यूईएफा छनोट पहिलो चरण अन्तर्गत समूह बीको खेलमा स्वीडेनलाई हराएको हो ।
खेल स्वीट्जरल्याण्डले ४–१ ले जित्यो । स्वीडेनले १–१ को बराबरीसम्मको स्थितिमा ल्याए पनि त्यसपछि लगातार तीन गोल खायो ।
यही समूहको अर्को खेलमा कोसोभोले स्लोभानियालाई २–० ले हरायो ।
जितसहित स्वीट्जरल्याण्ड समूहमा ५ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा रहेको छ । कोसोभो १० अंकसहित दोस्रो स्थानमा छ ।
३ अंकसहित स्लोभेनिया तेस्रो तथा स्वीडेन १ अंकबाट पुछारमा छ ।