विश्वकप छनोटमा साइप्रसलाई हराउँदै अष्ट्रिया शीर्ष स्थानमा
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३० आइतबार
816
Shares
तस्बिर : एपी ।
काठमाडौँ । विश्वकप छनोट फुटबलमा अष्ट्रियाले साइप्रसलाई हराएको छ । गएराति सम्पन्न खेलमा अष्ट्रियाले यूईएफा छनोट पहिलो चरण अन्तर्गत समूह एचको खेलमा साइप्रसलाई हराएको हो ।
खेल अष्ट्रियाले २–० ले जित्यो । दुवै गोल मार्को आर्नअटोभिकले गरेका थिए ।
जितसहित अष्ट्रिया समूहमा सात खेलबाट १८ अंकसहित शीर्ष स्थानमा रहेको छ । बोस्निया एन्ड हर्जगोभिना १६ अंकसहित दोस्रो स्थानमा छ ।
गएराति बोस्नियाले रोमानियालाई ३–१ ले हरायो । रोमानिया १० अंकसहित तेस्रो, साइप्रस ८ अंकसहित चौथो तथा सानमारिनो बिना अंक पुछारमा छ ।
यही समूहको अर्को खेलमा डेनमार्क र बेलारुसले २–२ को बराबरी खेलेका छन् ।