काठमाडौँ । विश्वकप छनोट फुटबलमा ग्रीसले स्कटल्याण्डलाई हराएको छ । आज बिहान सम्पन्न खेलमा ग्रीसले यूईएफा छनोट पहिलो चरण अन्तर्गत समूह सीको खेलमा स्कटल्याण्डलाई हराएको हो ।
खेल ग्रीसले ३–२ ले जित्यो । ग्रीसले शुरुआतमै तीन गोल गरे पनि पछि दुई गोल खाएको थियो ।
यही समूहको अर्को खेलमा डेनमार्क र बेलारुसले २–२ को बराबरी खेलेका छन् ।