arrow

सरकार गठनको दुई महिनापछि मन्त्रिपरिषद् सदस्यहरूले सम्पत्ति विवरण बुझाएको जानकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
cabinet-82-7-12.jpg
तस्बिर : फाइल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति विवरण बुझाएका छन् । सरकार गठनको दुई महिनापछिमात्र सम्पत्ति विवरण आएको हो । 

प्रधामन्त्री तथा परिषद् कार्यालयका अनुसार प्रधानमन्त्री, परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकस वन तथा वातावरणस संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री  कार्कीसहित अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका हुन् । 

त्यसैगरी गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा,  शिक्षा, विज्ञान तथा प्रविधि डा महावीर पुन, कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिकमन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्चत्री सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको सम्पत्ति विवरण प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

विवरण भने सार्वजनिक गरिएको छैन । मन्त्रिपरिषद् तीन पटक विस्तार भए पनि अहिलेसम्म पूर्ण हुन सकेको छैन । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गरेपछि यो सरकारको आयु स्वतः सकिने भए पनि अहिलेसम्म मन्त्रिपरिषदले नै पूर्णता नपाउँदा शंका उब्जिएको छ । 

त्यसैगरी सुशासनका लागि बनेको नयाँ सरकारले सम्पत्ति विवरण सार्वजनिक नगर्दा प्रश्न उठिरहेको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ