arrow

नबिल बैङ्कको ऋणपत्र नेप्सेमा सूचीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
nabil-bebenture-listing-2082.jpg

काठमाडौँ। नबिल बैङ्कको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ। नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँले सूचीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए।

आठ वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ। रु.१,००० अङ्कित मूल्यका दरले ३० लाख कित्ताले हुन आउने रु.३ अर्ब बराबरको यस ऋणपत्र दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको बैङ्कले जानकारी दिएको छ। ऋणपत्र रजिस्ट्रार सेवासम्बन्धी काम नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडले गर्नेछ।

नबिल बैङ्क नेपालको एक अग्रणी बैङ्क हो। नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। विगत चार दशकदेखि नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाका रूपमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ