जेन–जी आन्दोलनका घाइतेले अस्पतालमै दिए मतदाता परिचयपत्रको बायोमेट्रिक विवरण [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
805
Shares
काठमाडौँ । जेन–जी आन्दोलनमा घाइते भएका युवाले आगामी निर्वाचनका लागि आफ्नो मतदाता परिचयपत्र बनाउन आवश्यक बायोमेट्रिक विवरण अस्पतालमै बसेर दिएका छन्।
निर्वाचन आयोगका अनुसार ती युवाहरू आफ्नो जिल्ला फर्किन नसक्ने अवस्थामै रहेकाले आयोगले मोबाइल उपकरणमार्फत ट्रमा सेन्टरमै पुगेर बायोमेट्रिक विवरण संकलन गरेको हो।
बायोमेट्रिक गराउने क्रममा अस्पतालमा अर्थमन्त्री रामेश्वर खनाल पनि पुगेका थिए । उनले नागरिक अधिकार सुनिश्चित गर्न विशेष व्यवस्था मिलाएको बताए ।
घाइते युवाहरूले आयोगप्रति आभार प्रकट गर्दै, आफ्नो अवस्था हुँदाहुँदै पनि लोकतान्त्रिक अधिकार उपयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्।