arrow

तयारी निर्वाचनको

नेशनल आइडी भएका नेपालीले अनलाइन फारम मात्रै भरे पुग्छः निर्वाचन आयुक्त भण्डारी [भिडियो]

विदेशमा रहेका नेपाली नागरिकले पनि अनलाइनमार्फत फारम भर्न सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
ramprasad-bhandari-27.jpg

काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेशनल आइडी कार्ड बनाइसकेका नेपाली नागरिकहरूले मतदाता नामावली संकलन गर्नका लागि अब अनलाइन फारम मात्रै भरे पुग्ने व्यवस्था गरिएको बताएका छन्।

जेन–जी प्रतिनिधिहरूसँगको छलफलका क्रममा उनले मतदाता नामावली संकलनलाई थप सहज बनाउन आयोगले यस्तो निर्णय गरेको जानकारी दिए। नेशनल आइडी कार्ड बनाइसकेका नागरिकहरूको हकमा, अनलाइनमा फारम भरेपछि उनीहरूको बायोमेट्रिक नेशनल आइडी कार्डमा रहेको भण्डारबाटै लिएर नामावली संकलन गरिनेछ। यसले गर्दा आयोगमा बायोमेट्रिक दिन जानुपर्ने झन्झट हट्ने भएको छ।

भण्डारीले भने, "अहिले हाम्रो नेशनल आइडीको भण्डारमा जम्मा भएको बायोमेट्रिक तपाईंहरूले अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानविन गरेर नामावली प्रकाशन गर्ने भन्ने निर्णय गरेका छौँ।"

उनले यो व्यवस्थाले जेन–जीका मागहरू सम्बोधन गर्ने आयोगको विश्वास रहेको बताए। अध्ययन वा कामका लागि विदेशमा रहेका नेपाली नागरिकले पनि अनलाइनमार्फत फारम भर्न सक्ने उनले स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ