arrow

दर्ज्यानी चिह्न लगाउँदै महानिरीक्षक कार्कीले गरे जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
danbahadur-karki-igp-82-7-27.jpg

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आमजनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षको दर्ज्यानी चिह्न लगाएपछि सङ्क्षिप्त मन्तव्य राख्दै उनले सङ्गठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गरिने बताए । 

“अपराध र सुरक्षा चुनौतीहरुका पारस्पिरिक प्रवृत्तिमा भएको परिवर्तन, सूचना प्रविधिको द्रूततर विकास र सुशासनको जनअपेक्षाअनुरुपको उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमता निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नु सरकार र प्रहरी सङ्गठनको साझा दायित्व हो”, प्रहरी महानिरीक्षक कार्कीले भने । 

जेन–जी आन्दोलनलगत्तैको सुरक्षा प्रतिकूलतामा पनि कुनै सुरक्षा रिक्तता हुन नदिई तत्काल नागरिकको सेवामा परिचालित भएको जानकारी गराउँदै उनले छोटो समयमा प्रहरीका संरचना र सेवा पुनःस्थापनामा देखिएको सक्रियताले प्रहरीको भूमिका स्पष्ट भएको बताए । 

२८ वर्ष आफूले प्रहरी सङ्गठनमा निर्वाह गरेको भूमिकाको कदर गर्दै प्रहरी सङ्गठनको नेतृत्व गर्ने अवसर प्रदान गरेकामा उनले सरकारप्रति आभार प्रकट गरे ।

समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो । ३० वर्षे सेवा अवधि पूरा गरी प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अनिवार्य अवकाशमा गएपछि सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकमध्येबाट वरिष्ठतम् कार्कीलाई प्रहरी सङ्गठनको प्रमुख बनाउने निर्णय गरेको थियो । 

समारोहमा राष्ट्रिय अनुन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ कर्मचारी सहभागी थिए । 

गत सोमबारको मन्त्रिपरिषदको बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैठकले आजदेखि लागू हुने गरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेअनुसार आजदेखि उनले प्रहरी संगठनको कमान सम्हालेका हुन् । 

igp-danbahadur-karki-fuli (1).jpg
igp-danbahadur-karki-fuli (2).jpg
igp-danbahadur-karki-fuli (3).jpg
igp-danbahadur-karki-fuli (4).jpg
igp-danbahadur-karki-fuli (5).jpg
igp-danbahadur-karki-fuli (6).jpg
igp-danbahadur-karki-fuli (7).jpg
igp-danbahadur-karki-fuli (8).jpg
igp-danbahadur-karki-fuli (9).jpg
igp-danbahadur-karki-fuli (10).jpg
igp-danbahadur-karki-fuli (11).jpg
igp-danbahadur-karki-fuli (12).jpg
igp-danbahadur-karki-fuli (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ