ओली लक्षित नेपालको कटाक्ष - कतिपयको होस हवास उडेको छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
924
Shares
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरूले गरेको एकताका कारण नेकपा एमालेको सातो गएको टिप्पणी गरे।
बुधबार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताको प्रक्रिया निरन्तर अघि बढिरहेको र यसले राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको बताए।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरूको सातो गएको र होसहवास उडेको टिप्पणी गरे।
माधव नेपालले भने, "होस गुमाउनु आवश्यक छैन। गाली गलौजमा उत्रिनुपर्ने आवश्यकता छैन। बरु हामीलाई धन्यवाद दिनुहोस्। मैले त बिगारेँ, तपाईंहरूले सपार्दै हुनुहुन्छ भनेर। धन्यवाद प्रश्ताव पास गर्नुस्। धन्यवाद प्रश्ताव पास गर्नुभयो भने हाम्रो घाउमा मल्हमको काम गर्नेछ।"
उनले थपे, "एकताको यो अभियानले नेपालको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ। कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरूको सातो गएको हुनुपर्छ।"
कार्यक्रममा उनले एकता गरेकोमा मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूलाई धन्यवाद दिए र एकता अभियानप्रति गौरवबोध गर्नुपर्ने बताए।