arrow

तयारी निर्वाचनको

प्रधानमन्त्री कार्कीसँग आयोगका पदाधिकारीहरूको भेटवार्ता

'मतदाता नामावली' माथि कार्कीको विशेष चासो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
pmo-susila-new-new.jpg

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले आज (बुधबार) दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरे। निर्वाचनबारे राजनीतिक दलहरू सशङ्कित भइरहेको बेलामा भएको यो भेटलाई विशेष महत्त्वका साथ हेरेको छ।

प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर ज.ब.रा. ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे प्रधानमन्त्रीसँग छलफल गरे। छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगको तयारी, राजनीतिक दलहरूसँगको परामर्श, राजनीतिक दल दर्ता र मतदाता नामावली दर्ता लगायतका विषयहरूमा चासो राखे।

यसअघि पनि मतदाता नामावली सङ्कलनमा समस्या आएको गुनासो प्राप्त भएपछि प्रधानमन्त्री कार्कीले एक भिडियो सन्देश जारी गर्दै नामावली सङ्कलनलाई सहज बनाउन निर्देशन दिएकी थिइन्। आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम सङ्कलन गर्न अब ४ दिन मात्र बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ