मोरङ। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सुदर्शन खड्कालाई कोशी प्रदेशसभाको सचिवमा नियुक्त गरेका छन् ।
कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले बुधबार गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १९५ को उपधारा (१) बमोजिम बागमती प्रदेश चाँगुनारायण नगरपालिका-४ निवासी खड्कालाई बुधबारदेखि लागू हुने सो पदमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक समारोहमा उनले खड्कालाई नियुक्तिपत्र प्रदान गरेको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।