arrow

पर्सामा मिटरब्याज सम्बन्धी १७ सय मुद्दा मेलमिलापमार्फत टुङ्ग्याइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
meter-byaji-pidit.jpg

पर्सा । पर्सामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी एक हजार छ सय ९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा दुई हजार ३६७ उजुरी परेकामा हालसम्म छ सय ३५ उजुरी फछ्र्योट गर्न बाँकी छन् ।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवले “एक लाखको ऋण दिएर तीन लाखसम्मको तमसुक बनाउने साहुकारको प्रवृत्ति अझै पनि हटेको छैन । अझै पनि वास्तविक मिटरब्याजपीडितले न्याय पाउन सकेका छैनन्”, उनले भने ।

पोखरिया नगरपालिकाका कनैयाप्रसाद यादवले पाँच वर्षअघि एक लाख १० हजार ऋण लिएकामा साहुकार जोगिन्दर राउत कुर्मीले तीन लाख ३० हजारको तकसुक बनाएको आरोप लगाएको छ ।

उनले भने, “सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न गम्भीर हुनुपर्छ ।”

पर्सामा मेलमिलापको बिगो २९ करोड १२ लाख ८५ हजार ५९७ रहेको, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराइएको जानकारी प्रवक्ता बस्नेतले दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ