arrow

मधेस प्रदेश प्रमुखमा कर्णले लिए पद तथा गोपनीयताको शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
surendra-lav-karna-oath.jpg

काठमाडौं। मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मंगलबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई असंवैधानिक काम गरेको आरोपमा बर्खास्ती गर्दै धनुषाका सुरेन्द्र लाभ कर्णलाई सोही पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार कर्णले आज शपथ ग्रहण गरेका हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ