arrow

ओलीले दिए नवगठित कम्युनिष्ट पार्टीलाई 'ज्येष्ठ नागरिक आश्रम' को संज्ञा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
oli-sangya.jpg

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै दश वाम दल र व्यक्ति मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई व्यङ्ग्य गर्दै 'ज्येष्ठ नागरिक आश्रम' को सङ्ज्ञा दिएका छन्।

सोमबार घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नवगठित पार्टीमा अब एक–दुई जनालाई मात्र समेट्न बाँकी रहेको र त्यसपछि उनीहरूको कोर्स पूरा हुने टिप्पणी गरे। उनले नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा रहेका नेता भीम रावललाई लक्षित गर्दै व्यङ्ग्यात्मक शैलीमा भने, 'कोही कोही छैठौं नम्बर पाएपछि कुदिहाल्नु हुँदो रहेछ।'

यसैगरी, उनले निजी विद्यालयहरूमाथि पनि प्रश्न उठाउँदै अनेरास्ववियूलाई विद्यालय र क्याम्पसमा पस्न नदिने तर विदेशका एजेन्सीका क्रियाकलापमार्फत आगजनी गर्न सिकाउन चाँही पठाउने हो भनी प्रश्न गरे। ओलीले घरीघरी जेन-जीलाई उकास्न सडकमा निस्किएका 'पुलतीहरू' आफूहरूले देखेको र भदौ २४ गते नै प्रधानमन्त्री र मन्त्रीहरू को-को हुँदैछन् भन्ने जानकारी आफूलाई रहेको दाबी पनि गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ