arrow

पूर्वराष्ट्रपति यादवको कांग्रेसलाई आग्रह: 'तत्काल निर्वाचनमा जाने निर्णय गरियोस्'

कांग्रेसले जुन दिन डिसाइड गरेर अघि बढ्छ, त्यो दिन मुलुक चुनावमा जान्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
rambaran-yadhav-12-07.jpg

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसलाई अलमल नगरी तत्काल निर्वाचनमा जाने औपचारिक निर्णय लिन आग्रह गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसले निर्णय गरेमा मुलुकभर निर्वाचनको माहौल सिर्जना हुने र निर्वाचन सफल हुने बताए।

यादवले भने, "यो कांग्रेस लिडिङ पार्टी हो। कांग्रेसले जुन दिन डिसाइड गरेर अघि बढ्छ, त्यो दिन मुलुक चुनावमा जान्छ। त्यो दिन देशभर चुनावमय हुन्छ।" उनले जेन-जी पुस्ताले समेत यही संविधान मानेर अघि बढ्न चाहेकोले निर्वाचनमा जान कुनै समस्या नरहेको जिकिर गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ