काठमाडौं। विघटित नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ लगायतका नेताहरू नेकपा (एमाले) मा फर्किएका छन्।
सोमबार नेकपा (एमाले) ले आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभामार्फत उनीहरूलाई पार्टीमा स्वागत गरिएको हो। यी नेताहरू २०७८ सालमा एमाले विभाजन हुँदा नेकपा (एकीकृत समाजवादी) तिर लागेका थिए। हालै कात्तिक १९ गते एकीकृत समाजवादी माओवादीलगायतका पार्टीहरूसँग एकतामा जाँदा उनीहरूले त्यसको विरोध गरेका थिए।
घर फर्क अभियान घोषणा सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको चुनाव चिन्ह सूर्य प्रदान गरे भने उनीहरूले एकीकृत समाजवादीको चुनाव चिन्ह कलम अध्यक्ष ओलीलाई हस्तान्तरण गरेका थिए।