-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । म्यानमारबाट भागेका रोहिंग्या आप्रवासी बोकेको डुंगा थाइल्यान्ड-मलेसिया समुद्री सिमाना नजिकै डुब्दा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
तीन जना बेपत्ता भएको मलेसियाको समुद्री सुरक्षा विभागले जनाएको छ ।
मलेसियाको समुद्री सुरक्षा विभागका अनुसार, उद्धार टोलीहरूले आइतबार पाँच महिला र एक बालिकासहित सातवटा शव फेला पारेका छन् ।
टोलीले अहिलेसम्म १३ जनालाई जीवितै उद्धार गरेको छ ।
म्यान्मारको बुथिडाउङबाट आप्रवासीहरूलाई लिएर हिँडेको डुंगामा करिब तीन सय मानिस सवार थिए ।
दुर्घटना तीन दिनअघि भए पनि पीडितहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ ।
मलेसिया जाँदै गरेका यी मानिसलाई शुरूमा एउटा ठूलो जहाजमा चढाइएको र सीमानजिक पुगेपछि उनीहरूलाई साना-साना डुंगाहरूमा राखिएको पाइएको छ ।
प्रत्येक डुंगामा करिब एक सय जना थिए । सुरक्षा र निगरानी अधिकारीहरूको आँखा छल्न यस्तो गरिएको बताइएको छ।