arrow

मधेस प्रदेशमा नाटकीय शपथग्रहणको चर्चा

नाटकीय घटनाक्रमपछि मधेसको मुख्यमन्त्रीमा एमालेका यादव नियुक्त

प्रदेश प्रमुख र एमालेको सामाजिक सञ्जालमा व्यापक विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
saroj-yadhav-uml.jpg

जनकपुरधाम। मधेस प्रदेशको राजनीतिक घटनाक्रममा नाटकीय मोड आउँदै नेकपा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री पदमा नियुक्त भएका छन्। मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहान संविधानको धारा १६८ को उपधारा (३) बमोजिम संसद्‌को ठूलो दलको हैसियतले यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

हिजो रातभरि मधेस भवनमा लोसपाको नेतृत्वमा पाँच दलीय गठबन्धनले नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको समेत समर्थन लिएर मुख्यमन्त्री पदमा दाबी पेस गर्न कसरत गरिरहेको थियो। तर, बिहान प्रदेश प्रमुख भण्डारीले आफूलाई सन्चो नभएको भन्दै काठमाडौँ जान लागेको सूचना दिएकी थिइन्।

प्राप्त जानकारीअनुसार, प्रदेश प्रमुख भण्डारीले काठमाडौँ जाने क्रममा बाटोमै एक होटलमा सरोजकुमार यादवलाई मुख्यमन्त्रीको गोप्य शपथ खुवाएको जनाइएको छ। यस अप्रत्याशित कदम र मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई लिएर प्रदेश प्रमुख र एमालेको सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ