मधेस प्रदेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
647
Shares
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा पत्र स्वीकृत भएको छ।
हिजो (आइतबार) मधेस प्रदेश सभाको बैठकमा उत्पन्न विवाद पश्चात मुख्यमन्त्री सोनलले बैठकमै राजीनामाको घोषणा गरेका थिए। त्यसलगत्तै सोनलले राती नै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई आफ्नो राजीनामा पत्र बुझाएका थिए।
प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा सोनलको राजीनामा स्वीकृत भएको उल्लेख छ। विज्ञप्तिअनुसार, नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई प्रदेशको मन्त्रिपरिषदको कार्यभार सञ्चालन गर्न तोकिएको जानकारी पनि दिइएको छ।