arrow

उद्योगीको मनोबल नउठेसम्म अर्थव्यवस्था उठ्न सक्दैन : प्रधानमन्त्री कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
sushila-karki-fncci.jpg

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कानूनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएकी छन्।

काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । 

उनले ‘सुशासन कुनै पनि मुलुकको सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वशर्त भएको उल्लेख गरिन् ।

राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शङ्का र दोहनकारी सङ्कष्टपूर्ण प्रणालीप्रति हामी सजग रहेको पनि बताइन् ।

सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागेको सरकार लागेको जिकिर गरिन् ।

उनले भने, ‘सुशासन कुनै पनि मुलुकको सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वशर्त हो। राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शङ्का र दोहनकारी सङ्कष्टपूर्ण प्रणालीप्रति हामी सजग छौँ । कानूनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी राख्दैन । सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागेको छ । तपाईंहरूका पीरमर्का हाम्रै पीरमर्का हुन्। उद्योगी व्यवसायीहरू केवल राज्यलाई कर मात्र तिरेका हुँदैनन्, उनीहरूले ठूलो जनसङ्ख्यालाई रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता दिएर राज्यको ठूलो दायित्व पनि वहन गरिदिएका हुन्छन् । तसर्थ, उद्योग व्यवसायबिना देश बन्दैन। उद्योगीको मनोबल नउठेसम्म अर्थव्यवस्था उठ्न सक्दैन ।’

प्रधानमन्त्री कार्कीले उद्योग व्यवसाय बनिा देश नबन्ने भन्दै उद्योगीको मनोबल नउठेसम्म अर्थ व्यवस्था उठ्न नसक्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ