arrow

लामाखोल्सीबाट २४ लाखको चिनियाँ मदिरा बरामद

logo
जनकबहादुर शाही,
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
chiniye-madira.jpg

हुम्ला । हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद भएको छ। नाम्खा गाउँपालिका वडा नं ३, लामाखोल्सीबाट शुक्रबार साँझ चार सय दुई कार्टुन चिनियाँ मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डएसपी) शंकर पोखरेलले जानकारी दिए । 

एक गोठमा लुकाइराखिएको अवस्थामा उक्त मदिरा फेला परेको हो । उक्त मदिरा बजार मूल्य करीब २४ लाख १२ हजार बराबरको रहको डीएसपी पोखरेलले जानकारी दिए । 

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, बरामद मदिरा हिल्सा नाकाबाट अवैध रूपमा भित्र्याइएको हो। ती मदिरा स्थानीय व्यापारीद्वारा हुम्लाका विभिन्न बजारमा बिक्री वितरण गर्ने उद्देश्यले भण्डारण गरिएको हुन सक्ने प्रहरीको अनुमान छ।

डीएसपी पोखरेलका अनुसार सीमावर्ती क्षेत्रमा अवैध सामान भित्र्याउने गतिविधि नियन्त्रण गर्न प्रहरी निरन्तर सक्रिय छ। 

प्रहरीले यसअघि पनि ठूलो परिमाणमा चिनियाँ मदिरा बरामद गरेको थियो । गत मगलबार पनि तीन सय ५१ कार्टुन चिनियाँ मदिरा बरामद गरेको थियो । 

हिल्सा नाका हुँदै यसरी अवैध सामान भित्रिनुले सीमा क्षेत्रको सुरक्षा व्यवस्थापनमा प्रश्न उठेको स्थानीयको भनाइ छ।

हिल्सा नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार सुरक्षा निकायको कडाइ हुँदाहुँदै पनि अवैध वस्तु भित्रिनु चिन्ताजनक मानिएको छ । 

यो श्रृंखला रोक्न सकिएन भने यो व्यापार व्यवस्थित अपराधमा परिणत हुन सक्छ। सरकार र प्रशासनले गम्भीर रूपमा छानबिन गर्न स्थानीयले माग गरेका छन ।

प्रहरी प्रमुख पोखरेलका अनुसार, अवैध व्यापार नियन्त्रणका लागि सीमामा गस्ती, सूचनादाता परिचालन र नियमित अनुगमन प्रणालीलाई अझ सशक्त बनाउने तयारी भइरहेको छ । 

हिल्सा नाका हुँदै आउने सम्पूर्ण वस्तुको कडाइका साथ जाँच हुने भन्दै उनले प्रहरीको प्राथमिकता यस्ता अवैध क्रियाकलाप पूर्ण नियन्त्रणमा ल्याउने रहेको स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ