arrow

प्रदर्शनका क्रममा लुटिएको 'ग्यास गन' सहित एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
nepal-police-Fn.png.png

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएको हतियार 'ग्यास गन' सहित प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा कैलाली जानकी गाउँपालिका–१ दुर्गौली घर भई हाल काठमाडौँ महानगरपालिका–३२ सहयोगीनगर बस्ने २९ वर्षीय मनोज ढुङ्गाना रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले विशेष सूचनाको आधारमा ढुङ्गानाले आफ्नो कोठामा लुकाइ राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले निजको साथबाट ११००६०८१ नम्बरको कोरियामा बनेको एन्टी रायट गन ३८ मिमी लेखिएको मल्टी 'ग्यास गन' एक थान, भीड नियन्त्रणमा प्रयोग हुने 'लेग गार्ड' एक थान तथा सामसुङ कम्पनीको मोबाइल एक थान बरामद गरेको छ। पक्राउ परेका ढुङ्गानालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ