arrow

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त युएईबाट नेपाल ल्याइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
interpol.jpeg

काठमाडौँ। कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज नेपाल ल्याएको छ।

पक्राउ पर्नेमा पर्वत साविक बेउलीबास गाविस–३ का रेशमबहादुर राना रहेका छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले एनसिबी अबुधाबी (युएई) को समन्वयमा युएईबाट पक्राउ परेका रानालाई सम्बन्धित मुद्दामा कारबाहीका लागि नेपाल फिर्ता ल्याइएको जानकारी दिए।

रेशमबहादुर रानासमेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको विसं २०६९ माघ १५ गतेको फैसलाले उनलाई जन्मकैद (२० वर्ष) सजाय ठहर भएको थियो। वारदातपश्चात फरार रहेका रानाविरुद्ध अन्तरराष्ट्रियस्तरमा खोजतलासका लागि नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साल जेठ १९ गते रेड नोटिस जारी भएको थियो। उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिआएका प्रहरीलाई बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ