arrow

ओलीको रटान

राष्ट्रपति पौडेलले नै प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्छ:  ओली [भिडियो]

असंवैधानिक ढंगले विघटन गर्न सक्नेले पुनस्थापना गर्न नसक्ने भन्ने हुन्छ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
olisss.jpg

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्ने बताएका छन्।

शुक्रवार काठमाडौँमा आयोजित बुद्धिजीवीहरूसँगको भेलामा बोल्दै अध्यक्ष ओलीले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेकाले त्यसको पुनःस्थापनाको जिम्मेवारी पनि उहाँ आफैँले लिनुपर्ने तर्क गरे।

अध्यक्ष ओलीले भने, "विघटन गर्ने राष्ट्रपतिले पुनःस्थापना गर्नुपर्‍यो। असंवैधानिक ढंगले विघटन गर्न सक्नेले पुनस्थापना गर्न नसक्ने भन्ने हुन्छ?" उनले अदालतले पुनःस्थापना नगरेको खण्डमा राष्ट्रपतिले गर्नुको विकल्प नरहेको जिकिर गरे। उनले प्रतिनिधि सभा पुनःस्थापनाको आफ्नो पार्टीको माग सत्य भएको दाबी गर्दै यसको पक्षमा आम नेपाली जनता आन्दोलित हुनुपर्ने र मागलाई तीव्र बनाउनुपर्ने आह्वान गरे।

अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले यसको कुनै हैसियत नभएको पनि दोहोर्‍याउँदै प्रतिनिधि सभा पुनःस्थापनाको माग लिएर आन्दोलनमा उत्रन सबैलाई आह्वान गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ