arrow

निर्वाचनमा सहभागी हुनुको विकल्प छैन [भिडियो]

संविधानलाई जीवित राख्नका लागि पनि निर्वाचनमा जानु अपरिहार्य रहेकोमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
aayog-kamu.jpg

काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अहिलेको अग्रिम र आकस्मिक निर्वाचनमा सहभागी हुनुको विकल्प नरहेको बताएका छन्। उनले संविधानलाई जीवित राख्नका लागि पनि निर्वाचनमा जानु अपरिहार्य रहेकोमा जोड दिए।

शुक्रबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै भण्डारीले निर्वाचन आयोग राष्ट्रपति रामचन्द्र पौडेलले घोषणा गरेको मिति (फागुन २१ गते) मा चुनाव गराउन लागिपरेको जानकारी दिए।

प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सफल पार्न सरकारले शान्ति सुरक्षाको पहिलो प्रत्याभूति दिनुपर्ने माग गरे। उनले भने, "निर्वाचन कुनै हालतमा बिथोलिँदैन, असुरक्षाको भावना बोकेर मतदानस्थलमा पुग्नु पर्दैन भन्ने कुरा सरकारले विश्वास दिलाउन सक्नुपर्छ।" उनले निर्वाचनका लागि शान्ति सुरक्षा र निर्वाचनमय वातावरण तयार पार्नुपर्ने माग राजनीतिक दलहरूको पनि रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ