पाकिस्तानको हिरासतमा रहेका चार सय ३० कैदीबन्दी अफगानिस्तान फिर्ता
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
1.9k
Shares
काठमाडौँ । पाकिस्तान र इराकमा बन्दी बनाइएका चार सय ३३ जना अफगान कैदीहरूलाई गत हप्तामा रिहा गरी स्वदेश फिर्ता पठाइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ ।
पाकिस्तानको हिरासतमा राखिएका चार सय ३० जना व्यक्ति दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा हुँदै स्वदेश फर्किएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विगत छ महिनादेखि इराकमा बन्दी बनाइएका अन्य तीन जना कैदीहरू भने पश्चिमी निमरोज प्रान्तको पुल-ए-अब्रेसिम सिमा हुँदै स्वदेश पठाइएको जनाइएको छ ।
गत अक्टोबरको अन्त्यमा एक सय ७० जना अफगान कैदीहरू स्वदेश फिर्ता भएपछि हाल उनीहरू कैद मुक्त भई स्वदेश फर्केका हुन ।
जुलाईको अफगान विदेश मन्त्रालयको तथ्याङ्क अनुसार १० हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा छन् भने त्यस मध्ये पनि अधिकाशं इरान र पाकिस्तानमा बन्दी बनाइएका छन् । एजेन्सी