arrow

अन्तरदेशीय प्रसारण लाइनमा प्राधिकरणको शेयर सुनिश्चित

इनरुवा–पूर्णीया र दोदोधारा–बरेलीमा ५१% सम्म स्वामित्व

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
electricity-line.jpg

काठमाडौँ। सरकारले नेपाल र भारतबीच संयुक्त लगानीमा निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले समेत प्राप्त गर्ने सुनिश्चित गरेको छ।

नेपाल–भारतबीच इनरुवा–पूर्णीया र दोदोधारा–बरेली गरी थप दुईवटा ४०० किलोभोल्ट (केभी) क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू निर्माण गर्ने सम्झौता भएको छ। यस सम्झौताको कार्यान्वयनका लागि हालै नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडबीच संयुक्त कम्पनी स्थापनासम्बन्धी ‘ज्वाइन्ट भेन्चर’ र ‘सेयरहोल्डर्स एग्रिमेण्ट’ मा हस्ताक्षर सम्पन्न भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले जानकारी दिएअनुसार, यी दुवै प्रसारण लाइनको नेपाली खण्ड निर्माणका लागि नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको शेयर ५१ प्रतिशत रहनेछ। त्यस्तै, भारतीय खण्डमा निर्माण हुने प्रसारण लाइनमा समेत प्राधिकरणको हिस्सा ४९ प्रतिशत रहनेछ। प्राधिकरणले ती प्रसारण लाइनमा ‘क्यापासिटी बुकिङ’ समेत गरेको सहसचिव देवले उल्लेख गरे।

मन्त्रालयले विद्युत् खरिदबिक्री सम्झौता भएका र आवेदन दिइएका आयोजनाबाट उत्पादित विद्युत्को बजार सुनिश्चितता का लागि अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेको स्पष्ट पारेको छ। प्राधिकरणले हालसम्म ११ हजार ४३३ मेगावाट क्षमताको विद्युत् खरिदबिक्री सम्झौता गरिसकेको छ।

हाल ढल्केवर–मुजफ्फरपुर (४०० केभी) अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा छ, जसमा नेपालमा स्थापित संयुक्त कम्पनीमा प्राधिकरणको ५० प्रतिशत शेयर छ। यसैगरी, न्यू बुटवल–गोरखपुर (४०० केभी) प्रसारण लाइन निर्माणाधीन छ र यो सन् २०२६ मा सम्पन्न हुने लक्ष्य छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ