अर्थ मन्त्रालयद्वारा विश्व वातावरण सुविधाको रकम उपयोगका लागि प्रस्ताव आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
811
Shares
काठमाडौँ। अर्थ मन्त्रालयले विश्व वातावरण सुविधाबाट प्राप्त हुने रकमका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ।
अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाले सार्वजनिक सूचनामार्फत विश्व वातावरण सुविधाको ग्लोबल बायोडाइभरसिटी फ्रेमवर्क फण्डबाट नेपाललाई बाँडफाँट भएको रकममध्ये बाँकी रहेको १० लाख ८९ हजार पाँच सय ५५ अमेरिकी डलर रकम उपयोगका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको हो।
मन्त्रालयले राष्ट्रिय बजेट प्रणालीबाट रकम प्रवाह हुनेगरी परियोजना प्रस्ताव तयार गरी नोभेम्बर ३० (मङ्सिर १४ गते) भित्र मन्त्रालयमा पेस गर्न सबै निकायहरूलाई अनुरोध गरेको छ। यस रकमको उपयोग गर्नेगरी विश्व वातावरण सुविधामा परियोजना प्रस्ताव पेस गर्न भनिएको छ।