arrow

वीरगञ्ज नाकाबाट विद्युतीय सवारी साधनको आयात ह्वातै बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
Birganj bhansar.jpg

पर्सा। चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड पाँच लाख मूल्य पर्ने दुई सय २९ विद्युतीय जीप,कार र भ्यानहरु आयात भएका छन् ।

गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै बृद्धि भएको छ । गत आवको तीन महिनामा भने ९७ मात्रै विद्युतीय जीप,कार र भ्यान आयात भएको थियो ।

सर्वसाधारणको विद्युतीय सवारीसाधनप्रतिको आकर्षण र चीनको सीमा नाका हुँदै आउने सडकको अवस्था दयनीय भएपछि यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको हो । चालु आवको तीन महिनामा विद्युतीय जीप,कार र भ्यान आयातबाट ४५ करोड ७२ लाख राजस्व सङ्कलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले पछिल्लो समय विद्युतीय सवारीसाधनको आयातमा उल्लेखनीय वृद्धि भएको बताए ।

गत आवको तीन महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै रु १४ करोड ४९ लाख मूल्य पर्ने ९७ वटा विद्युतीय जीप,कार र भ्यान आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारीसाधनआयातबाट रु नौ करोड ११ लाख मात्रै राजस्व सङ्कलन भएको थियो ।

चालु आवको तीन महिनामा रु २८ करोड ७९ लाख मूल्य पर्ने दुई हजार एक सय ९४ विद्युतीय मोटरसाइकल आयात भएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा भने रु २१ करोड १७ लाख मूल्य पर्ने एक हजार चार सय ८१ विद्युतीय मोटरसाइकल आयात भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ