arrow

११ करोड दीप प्रज्वलन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
prajwalan-deep.jpg

धनगढी। सत्य सेवा प्रतिष्ठानद्वारा आयोजित शिवपुरी धर्म उत्सव तथा चातुर्मास अनुष्ठान को समापन कार्यक्रममा ऐतिहासिक रूपमा ११ करोड दीप प्रज्वलन गरिएको छ।

आयोजक प्रतिष्ठानका अनुसार सुदूरपश्चिमको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा दीप प्रज्वलन गरिएको हो। भक्तजनहरूको धार्मिक आस्था, श्रद्धा र विश्वासको प्रतीकस्वरूप गरिएको यो दीप प्रज्वलनले शान्ति, समृद्धि र सकारात्मक ऊर्जा फैलाउने विश्वास गरिएको छ।

धार्मिक अनुष्ठान शिवपुरी उत्तर रामेश्वर ज्योतिर्लिंग धाममा सम्पन्न भएको थियो। समापन समारोहमा हजारौँ श्रद्धालु भक्तजनहरूको उपस्थितिमा ११ करोड दीप बालेर धर्म, संस्कृति र आस्थाको अद्वितीय एकता प्रदर्शन गरिएको आयोजक प्रतिष्ठानले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ