arrow

जेनजी आन्दोलनले क्षतिग्रस्त भन्सारबाट २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
custom-office-bhairahawa.jpg

रुपन्देही। भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिना (साउन, भदौ र असोज) मा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ।

भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा रु नौ अर्ब ७० करोड ६३ लाख नौ हजार र असोजमा रु नौ अर्ब २८ करोड ६७ लाख २० हजार राजस्व सङ्कलन भएको थियो।

उल्लेखनीय छ, जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको यस भन्सार कार्यालयले केही समयसम्म त्रिपालमुनिबाट सेवा प्रवाह गर्नुपरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ