arrow

युद्धको त्रासदी

बमको छर्राले खुट्टा गुमाएका पूर्व फुटबलरको पीडा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
footballer-gaza.jpg

काठमाडौँ। गाजा शहरको अल–दराजमा, ४१ वर्षीय पूर्व फुटबल डिफेन्डर रमेज अल–इस्सी आफ्नो बायाँ खुट्टा बिनाको जीवन बिताउन सिक्दैछन्। अल–हिलाल स्पोर्टस क्लवका लागि कहिल्यै उत्कृष्ट खेलाडी रहेका उनको खुट्टा गत जनवरी १९, २०२४ मा बमको छर्रा लागेपछि काटिएको थियो।

आफू घर जाँदै गर्दा लगभग ५० मिटर टाढाको एउटा घरलाई निशाना बनाइएको उनी सम्झन्छन्, त्यही क्रममा उनलाई छर्राले लागेको थियो। खुट्टा काटिएपछि उनले चार दिनसम्म गाजाको सबैभन्दा ठूलो चिकित्सा सुविधा अल–शिफा अस्पतालको भुइँमा बिताए, जहाँ न ओछ्यान थियो, न पर्याप्त उपकरण, न त पर्याप्त उपचार नै।

अझै पनि फुटबल खेल्न मन भए पनि शरीरले साथ नदिने भएपछि अल–इस्सीले आफूले फुटबल खेल्न नसके पनि भावी पुस्ताका लागि केही गर्ने सोच बनाएका छन्।

स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार, अक्टोबर २०२३ देखि गाजामा अङ्गभङ्ग भएका ५ हजार भन्दा बढी प्यालेस्टिनीहरूमध्ये अल–इस्सी एक हुन्, जसमा लगभग ७ सय बालबालिकाहरू पनि समावेश छन्।

अङ्गभङ्ग भएका धेरैले अस्थायी उपकरणहरू मात्र पाउँछन्। उनीहरूले गाजामा उपलब्ध नभएको उन्नत कृत्रिम अङ्गहरू का लागि महिनौँ कुर्नुपर्ने बाध्यता रहेको समाचारमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ