कमला नदीमा कार्तिक पूर्णिमा स्नान, भूत–प्रेत हट्ने विश्वास [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
966
Shares
तस्बिरः अमरेन्द्रकुमार यादव, नेपाल फोटो लाइब्रेरी ।
धनुषा । सिराहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक पूर्णिमाका अवसरमा बुधबार भक्तजनहरूको भीड लागेको छ ।
धार्मिक मान्यताअनुसार कमला नदीमा स्नान गर्दा ‘भूत–प्रेत’ हट्ने विश्वास रहँदै आएको छ । यही विश्वासका कारण विभिन्न जिल्लाका श्रद्धालुहरू नदीमा स्नान गर्न आएका हुन् ।
नदी क्षेत्रको इनर्वा, ब्यारेज, कमला पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, पटेर्वा, बसबिट्टा र सीमावर्ती भारतको जयनगरसम्म बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको थियो ।
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि उदयपुर, सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट तथा भारतको बिहारसम्मका श्रद्धालुहरू कमला स्नानका लागि आएका हुन् ।
स्थानीय निकायहरूले मेलाले धार्मिक एकता, सामाजिक सद्भाव र पर्यटन प्रबर्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।